मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

५ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

Nagarik Sewa 4881+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

काठमाडौं। नेपाल प्रहरीले देशका विभिन्न ५ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी दिएको छ। रसुवामा आएको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल भत्किँदा गल्छीदेखि मैलुङ रसुवा जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध छ।

सङ्खुवासभामा अविरल वर्षाका कारण भाटखोला गाउँपालिका–४ वरुण र मकालु गाउँपालिका–३ एकुवामा पहिरो गएको कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा गएको पहिरोका कारण  नारायणगढ मुग्लिन सडक खण्डमा पूर्ण रूपमा अवरुद्ध रहेको छ। 

रुकुम पूर्वीमा पहिरोका कारण भूमे गाउँपालिका–४ काँडाबगर स्थित मध्य पहाडी लोक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ। कालिगण्डकी करिडोर, नवलपरासी स्थित पूर्व–पश्चिम राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेका छन् । यात्रा गर्नु पूर्व सडकको अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक सडकको प्रयोग गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार