गैँडाले आक्रमण गर्दा २ महिला घाइते

Nagarik Sewa 4401+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

काठमाडौं। पूर्वी चितवनमा आज (मंगलबार) बिहान गैँडाले आक्रमण गर्दा २ महिला घाइते भएका छन्। आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेका बेला उनीहरूलाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार गैँडाको आक्रमणबाट खैरहनी नगरपालिका १ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन्। घाइते दुवैलाई भरतपुर अस्पताल लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार