मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |
मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |


कारागार चलान भएको एक जना बन्दीको दोस्रो दिनमै मृत्यु

Nagarik Sewa 4382+ समाचार ( )
४ आश्विन २०८२, बुधवार

काठमाडौं । कैलालीमा कारागार चलान भएको एक जना बन्दीको दोस्रो दिनमै मृत्यु भएको छ।  बैंकिङ कसुर मुद्दामा कैलाली कारागारमा असार १ गते चलान गरिएका डडेल्धुराको भागेश्वर गाउँपालिका – ५ का २८ वर्षीय व्यवसायी हरिशसिंह पालीको असार २ गते राति मृत्यु भएको हो। 

कैलालीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार बैंकिङ कसुर मुद्दामा पाली जेठ २९ गते डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ परेका थिए।  उनलाई जेठ ३० गते बेलुकीपख कैलाली ल्याइएको थियो। जेठ ३१ गते शनिबार परेको हुँदा असार १ गते मात्रै पालीलाई अदालतमा उपस्थित गराइएको थियो। 

अदालतको आदेशले तोकिएको सजाय भुक्तानीका लागि पालीलाई सोही दिन जिल्ला कारागार कैलालीमा चलान गरिएको थियो।  कारागार चलान भएको दोस्रो दिन राति पाली एकाएक बिरामी भएका थिए।

सोमबार राति साढे ११ बजेतिर उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो। चिकित्सकले उनलाई राति सवा १२ बजे मृत घोषणा गरेको डिएसपी सिंहले बताए। 

डिएसपी सिंहका अनुसार एकाएक पाली अस्वस्थ भएपछि कारागारकै स्वास्थ्यकर्मीले सुरूमा उनको स्वास्थ्य चेक गरेका थिए। कारागारले प्रहरीलाई पठाएको स्वास्थ्य चेकजाँचको  रिपोर्टमा १०५ डिग्री ज्वरो र रक्तचाप ६०/४० उल्लेख रहेको डिएसपी सिंहले जानकारी दिए। 

प्रहरीका अनुसार पालीका विरूद्ध जिल्ला अदालत कैलालीले २०८० फागुन २९ गते बैंकिङ कसुरमा १० दिन कैद र दुई लाख जरिवानाको फैसला सुनाएको थियो। पालीविरूद्ध २०८० वैशाख २१ गते बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो।  अदालतको सोही आदेश कार्यान्वयनका लागि पालीलाई पक्राउपछि कैलाली कारागारमा चलान गरिएको थियो। 

तर उनको जेल परेको दोस्रो दिनमै मृत्यु भएपछि आफन्तले घटना शंकास्पद भन्दै शव बुझ्न मानेका छैनन्। उनीहरूले छानबिनको माग गरिरहेका छन्। पालीको शव सेती अस्पतालको शव गृहमै छ। आफन्तले मृतक पालीको शरीरमा निलडाम तथा चोटपटक देखिएको भन्दै कारागारभित्र चरम याताना दिई हत्या गरेको दाबी गर्दै आएका छन्। प्रहरी अधिकारी भने पोष्टमर्टम रिपोर्टपछि मात्रै पालीको मृत्युको कारण स्पष्ट भन्न सहज हुने बताउँछ। 

साथै, उनीहरूले प्रहरी नायब निरीक्षक हरिजित नाथको व्यवहार शंकास्पद भएको आरोप लगाएका छन्। नाथले पटक पटक फोन गरी  रकम माग्ने गरेको उनीहरूले आरोप लगाएका छन्।  परिवारका सदस्यले असार २ गते मात्रै ८५ हजार रुपैयाँ नाथको खातामा पठाइएको दाबी गरेका छन्। तर, जिल्ला प्रहरी प्रवक्ता सिंहले भने नाथ आफै जाहेरीवाला भएको हुँदा फैसला कार्यान्वयनका सवालमा फोन गरेको बताए। नाथको खातामा आफन्तले पैसा जम्मा गरेको भन्ने कुरा भने जानकारी नरहेको सिंहले बताएका थिए। 

उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दीपकबहादुर महतराले पक्राउपछि आफ्ना साधारण सदस्य पालीलाई बाटोबाटै कुटपिट गर्दै लगिएको तथा पक्राउपछि तत्काल अदालतमा बुझाउन छोडेर चार दिन नियन्त्रणमा राखेर कुटपिट गरेको आरोप लगाएका छन्। पाली डडेल्धुराको सदरमुकाममा न्यू महादेव कष्मेटिक एण्ड सप्लायर्सका सञ्चालक थिए।

प्रहरीले पनि पाली जेठ २९ गते नै पक्राउ परेको जानकारी दिएको छ। तर, उनलाई असार १ गते मात्रै कारागार चलान गरिएको थियो।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार