मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

जेञ्जी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नका निम्ति छुट्टै दल खोल्नुपर्छ

Nagarik Sewa 4382+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

काठमाडौं । ‘जेनजी’ आन्दोलनका सहिद तथा घाइते परिवारका सदस्यले आन्दोलनको उपलब्धिलाई रक्षा गर्नका निम्ति छुट्टै दल खोल्नुपर्ने बताएका छन् । आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौंस्थित नवदुर्गा होटेलमा आयोजित राष्ट्रिय भेलामा उनीहरूले छुट्टै राजनीतिक दलको आवश्यकता औँल्याएका हुन् ।

जेन जेड, वाई, एक्सको सहभागितामा तत्कालै दल गठन गर्नुपर्नेमा उनीहरूले जोड दिए । राजनीतिक दल गठनपश्चात् जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनीहरूले बताए ।

उनीहरूले भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरे । जेनजीको समूह फरक—फरक रहेको भन्दै उनीहरूले एकजुट हुन समेत आग्रह गरे । जेनजी आन्दोलनका उपलब्धिको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो । गएको भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनमा धेरै जनधनको क्षति भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार