नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान

Nagarik Sewa 4387+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि प्राधिकरणको अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले आवेदन आह्वान गरेको छ ।

बीमा ऐन २०७९ को दफा ८ (१) बमोजिमको योग्यता अर्थात् तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले अध्यक्षको लागि १५ दिनभित्र आवेदन दिन सक्नेछन् । 

सरकारले यसअघि राष्ट्रिय योजना आयोगको वित्तीय क्षेत्र हेर्ने सदस्यको नेतृत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा नेतृत्वको सिफारिस समिति गठन गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार