सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

Nagarik Sewa 4387+ समाचार ( )
११ आश्विन २०८२, बुधवार

काठमाडौं ।   रौतहटमा सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो ।

रौतहट प्रहरीका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए । उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएको थियो । तर डाक्टरहरुले ८ः१५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार