प्रधानमन्त्री ओली आज थाइल्यान्ड जाँदै

Nagarik Sewa 4387+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्यान्डको औपचारिक भ्रमणका लागि जाँदै हुनुहुन्छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राको निमन्त्रणमा प्रधानमन्त्री ओली आज दिउँसो बैंकक प्रस्थान गर्ने हुनुभएको हो। 

यस क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री ओलीको भ्रमण टोली दिउँसो साढे १ बजे थाई एयरलाइन्सबाट बैंकक प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो। प्रधानमन्त्री ओलीका अनुसार थाइल्यान्डमा पहिलोपटक कूटनीतिक भ्रमण हुन लागेको हो। नेपालका तर्फबाट पहिलोपटक कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण हुँदै छ। उहाँले भन्नुभयो, ‘यो भ्रमण आफैँमा महत्त्वपूर्ण हो भन्ने म ठान्दछु।’

थाइल्यान्डका राजासँग चैत २० गते औपचारिक भेटवार्ता हुने उहाँले जानकारी दिनुभयो। ‘दुईवटा समझदारीमा हस्ताक्षर हुन्छ। दुईपक्षीय वार्तापछि संयुक्त प्रेस मिटमा सहभागी हुन्छु’, उहाँले भन्नुभयो। थाइल्यान्ड भ्रमणका क्रममा प्रधानमन्त्रीले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा सम्बोधन गर्नुहुनेछ। 

भ्रमणका दौरान प्रधानमन्त्री ओलीले नेपाल सरकारका तर्फबाट एआईटीलाई अनुदान सहायताबापत १ लाख अमेरिकी डलर दिने निर्णय मन्त्रिपरिषद्ले बैठकले गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्। मन्त्रिपरिषद्को बैठक सोमबार राति बसेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार