काठमाडौं । जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सुरु भएको छ । यस साझेदारीसँगै जापान र कोरियामा रहेका नेपालीले अबदेखि जेआरएफको अनलाइन सेवा प्रयोग गरी नेपालमा नियो मनी ट्रान्सफरमार्फत सजिलै रकम पठाउन सक्नेछन् । पठाइएको रकम नेपालका कुनै पनि बैंक खातामा वा भुक्तानी सेवा प्रदायकका वालेटमा पठाउन सकिनेछ । साथै, नियो मनी ट्रान्सफरका देशभर फैलिएका एजेन्ट नेटवर्कमार्फत समेत रकम प्राप्त गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।
सम्झौताबारे जानकारी दिंदै नियो मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर खनालले भने, “जेआरएफ रेमिटसँगको सहकार्यले अझ छिटो, सुरक्षित र भरपर्दो सेवा उपलब्ध हुनेछ । यसले औपचारिक माध्यममार्फत रकम पठाउने संस्कृतिलाई प्रोत्साहन दिँदै देशको वित्तीय प्रणालीलाई मजबुत बनाउन मद्दत गर्नेछ भन्ने विश्वास छ ।”
नियो मनी ट्रान्सफरले पछिल्ला वर्षहरूमा आफ्नो बजार उपस्थितीलाई विस्तार गर्दै विश्वभर रहेका नेपालीलाई सहज र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ ।