मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

प्रहरीले गर्यो महेश बस्नेतसँग सोधपुछ

Nagarik Sewa 4868+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भोटाहिटी स्थित साइबर ब्युरोमा बोलाएर प्रहरीले सोधपुछ गरेको छ । ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता गरेका जाहेरीबारे बयान दिन बुधवार बस्नेत ब्युरोमा उपस्थित भएका हुन् । उनीसँग ‘बयान कागज’ गर्न सोधपुछ भइरहेको छ । बस्नेतविरुद्धको जोहेरी यसअघि ब्युरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो । 

जेनजी प्रदर्शनपछि बस्नेतले पीडितलाई संकेत गरेर महिला केन्द्रित अपशब्द लेखेको र महेश बस्नेत फ्यान क्लबमा पनि पीडितबारे अनर्गल कुराहरू लेखिएको भन्दै सरकारी वकिल कार्यालयले असोज ५ मा ब्युरोलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि प्रहरीले पक्राउ अनुमति मागेपनि मंगलबार काठमाडौँ जिल्ला अदालतले ‘थप प्रमाण’ बुझेर ल्याउन भनेको थियो । बस्नेतले फेसबुकमा पीडितलाई लक्षित गरेर लेखेको शब्द र फ्यान क्लबमा लेखिएको विषयबारे अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् । 

बस्नेतविरुद्धको बलात्कार र भ्रूणहत्या मुद्दा नचलाउने सरकारको निर्णयबारे चाहिँ उच्च अदालत पाटनमा परेको रिट विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै