मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

२८.७३ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4866+ समाचार ( )
२१ पौष २०८२, सोमबार

काठमाडौं। सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब एक करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन रकम बढेर ६ अर्ब ४७ करोड रूपैयाँ पुगेको छ।

यसदिन ३३५ वटा धितोपत्रको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच भएको हो। सोमबार २१४ कम्पनीको सेयरमूल्य बढेको छ भने ३७ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्। आज ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

सागर डिष्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युतको मूल्य १० प्रतिशतका दरले बढेको छ भने बाराही हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेको छ। यसैगरी, स्ट्ण्डर्ड चार्टर्ड बैंकको डिबेन्चरको मूल्य सर्वाधिक २.४९ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १८० रूपैयाँमा झरेको छ।सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६२८ रूपैयाँ ८० पैसामा ३८ करोड ६९ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३.९३ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा बन्दीपुर केबलकार रहेको छ। उक्त कम्पनीको ८९८ रूपैयाँ ७० पैसामा २० करोड ९१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै