काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार (असोज २०) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य तोलाको दुई लाख ३३ हजार १०० रुपैयाँमा कायम भएको छ । आइतबार (असोज १९) सुनको मूल्य एकैदिन तोलामा सात हजार ४०० रुपैयाँले बढेको थियो । आइतबार छापावाल सुन तोलाको दुई लाख ३० हजार ६०० मा किनबेच भएको थियो ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइबार चाँदी प्रतितोला दुई हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।