काठमाडौं। शुक्रबार प्यालेस्टाइन सोलिडारिटी नेपाल समन्वय समितिले प्यालेस्टाइनको पक्षमा काठमाडौंको सुन्धारामा भेला भई प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीहरूले प्यालेस्टाइनको स्वतन्त्रताको पक्षमा नाराका साथै गीत बजाएका थिए। उनीहरूले इजरायल र यसका समर्थित विभिन्न उत्पादक संस्थाको बहिस्कारको लागि समेत आह्वान गरेका छन् ।