महिलामाथि सामूहिक बलात्कार

Nagarik Sewa 4387+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

काठमााडैं। पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अर्का एक जना आरोपी फरार छन् । 

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका(६ घर भई वीरगञ्ज १३ बस्दै आएका ५० वर्षीय दिनानाथ साह छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पक्राउ गरेको हो । उनी र अर्का एक व्यक्ति मिलेर २७ वैशाखको राति एक महिलालाई एक्लै भएको मौका पारी मुख थुनेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहविरुद्ध बलात्कारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै