आमा र छोराको हत्या गरेको आरोपमा दुईजना प्रकाउ

Nagarik Sewa 4387+ समाचार ( )
१५ माघ २०८२, बुधवार

काठमाडौं। बाराको परवानीपुरमा धारिलो हतियार प्रहार गरी आमा र छोराको हत्या गरेको आरोपमा धर्मेन्द्र महतो प्रकाउ परेकाछन् । उनको थप विवरण खुल्न बाँकी छ। घटनाको अनुसन्धान गर्ने क्रममा संलग्नता देखिएपछि पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

प्रहरीले यसअघि घटनामा मारिएकी सुमित्रादेवीकी २८ वर्षीया बुहारी मनिता देवीलाई नियन्त्रणमा लिएको थियो । परवानीपुर गाउँपालिका १ रहरियाडीमा बुधबार बिहान २ बजेतिर चक्कु प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको हत्या गरिएको थियो।

घटनामा सुमित्राका ५२ वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीय छोरी रिनाकुमारी घाइते छन्। घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार