कक्षा १२ का ४० परीक्षार्थीको परीक्षा रद्द

Nagarik Sewa 4536+ समाचार ( )
५ आश्विन २०८३, शुक्रबार

काठमाडौं । यस वर्ष कक्षा–१२ का ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार (असार ५) सार्वजनिक गरेको कक्षा–१२ को नतिजामा उक्त संख्यामा परीक्षार्थीको परीक्षा रद्द गरिएको उल्लेख छ । नियमिततर्फका ३० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । आंशिकतर्फ १० गरी कुल ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

यसमध्ये दुई परीक्षार्थीलाई एक वर्षसम्म बोर्डका कुनै परीक्षामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध समेत गरिएको छ । कक्षा–१२ को परीक्षामा यसपालि सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको कुल संख्या दुई लाख ६८ हजार १९० छ । कुल उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६४.१३ रहेको बोर्डले जनाएको छ ।

गएको वैशाख १४ देखि २७ गतेसम्म कक्षा–१२ को परीक्षा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै