काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ। आज दिउसो ४ः३० बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।
बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।