काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनमा उनको भूमिका शङ्कास्पद देखिएकाले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड माथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका हुन् ।
बस्नेतले जेनजी आन्दोलनलाई हस्तक्षेप गर्दै अपराधिक गतिविधि भएको जिकिर गरे। मुलुकको राष्ट्रिय स्वाधीनतका साथै विकास र समृद्धिमा एमालेले खेलेको भूमिका कारण आफूहरूमाथि सबैभन्दा बढी आक्रमण भएको उनले बताए । सरकारले राजनीतिक दलका नेताहरूलाई भ्रष्टाचारको अभियोग लगाएर निर्वाचनमा उठ्न नदिने षडयन्त्र गरिरहेकाले त्यसका विरुद्ध सडक सङ्घर्ष गर्नुपर्नेमा आफूले जोड दिएको उनको भनाइ छ ।
पार्टी भित्र एकताको आवश्यकता रहेको र अध्यक्ष केपी ओलीको विकल्प खोज्न नहुने आफूले धारणा राखेको उनले बताए ।