मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

नागढुंगामा गाडी दुर्घटना

Nagarik Sewa 4881+ समाचार ( )
३२ जेठ २०८२, शनिबार

काठमाडौं । नागढुंगामा गाडी दुर्घटना भएको छ। काठमाडौंबाट चितवन जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो गाडी शनिबार अपराह्न पौने चार बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगाको पिपलमोड नजिक दुर्घटना भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उक्त माइक्रो सडकबाट २०० मिटर तल खसेको थियो।  दु‍र्घटनामा परी चालकसहित १९ जना घाइते भएको एसपी बोहराले जानकारी दिए। गाडीमा चालकसहित २१ जना सवार थिए। 

घाइते भएकामध्ये १० जना भारतीय नागरिकहरू छन्। उनीहरू अधिकांश बिहारको पटनाका रहेको खुलेको छ। 

शनिबार अपराह्न पौने ४ बजे काठमाडौंदेखि चितवन जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको हाइस गाडी सडकबाट २०० मिटर तल खस्दा चालक सहित १९ जना जना घाइते भएको प्रहरीले जनाएको छ।

बाँकी नेपाली नागरिक छन्।  उनीहरू सबैलाई उद्धार गरी उपचारका लागि बलम्बूस्थित एपिएफको अस्पताल पुर्‍याइएको एसपी बोहराले जानकारी दिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार