‘छाती थाप्न आऊ’ भन्दै थापाथलीमा सुकुम्वासी र ‘जेनजी’को प्रदर्शन

Nagarik Sewa 4407+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा प्रदर्शन गरिएको छ । शुक्रबार (वैशाख ११) बिहान त्यहाँका स्थानीय र ‘जेनजी’ अभियन्ताले प्रदर्शन गरेका हुन् । सरकारले विकल्प नदिई हतारमा बस्ती खाली गराउन लागेको भन्दै उनीहरूले नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृत्वविरुद्ध नारा लगाएका छन् । विभिन्न नारा लेखिएका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरेका छन् ।

उनीहरूले रास्वपाका सभापति रवि लामिछानेलक्षित ‘छाती थाप्न आऊ’ भन्दै पनि नाराबाजी गरेका छन् । कतिपय सुकुम्वासीले भने आफ्ना घरटहराबाट सामान निकालेर अन्यत्रै लगिरहेका छन् । सरकारले शनिबार (वैशाख १२) बिहानदेखि उक्त बस्ती खाली गराउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार