नेपाल रातो र निलो गरी दुई क्रिकेट टोली निर्माण

Nagarik Sewa 4407+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

काठमाडौं । नेपाल क्रिकेट संघले आक्रामक रूपमा एकपछि अर्को प्रतियोगिताहरू आयोजना गर्न थालेको छ । अमेरिका–इरान युद्धका कारण मध्यपूर्वको अवस्था असहज भएपछि गत महिना हुनुपर्ने आईसीसी विश्वकप लिग २ को यूएई र ओमान सम्मिलित प्रतियोगिता स्थगित हुँदा अहिले क्यानको प्रतियोगिताहरू खप्टिएका छन् ।

अब नेपालले यूएई र ओमानसँगको लिग २ खेल आगामी शनिबारबाट कीर्तिपुर क्रिकेट रंगशालामा खेल्दै छ । उक्त शृंखला सम्पन्न भएलगत्तै अमेरिका र स्कटल्यान्डलाई पनि कीर्तिपुरमा निम्त्याउनेछ । यही मौका पारेर क्यानले प्रतियोगिताहरूको संख्या थपिरहेको छ । अहिले नेपाल ‘ए’ले ओमानका साथै स्कटल्यान्ड र अमेरिकासँग खेल्दै छ । यूएईसँगको अन्डर लाइट्स टी २० भर्खरै सम्पन्न भयो । अब ओमान यूएई शृंखला सकिएपछि बीचको समयमा पनि अर्को खेल थप्ने योजनामा क्यान रहेको बताइएको छ ।

यसैबीच, क्यानले नेपाल रातो र निलो गरी दुई टोली निर्माण गरेर तीन खेलको एक दिवसीय शृंखलाको आयोजना गर्ने भएको हो । शृंखला वैशाख १३, १५ र १७ गते आयोजना हुनेछ । क्यानले आज दुई टोलीका १६/१६ खेलाडीको नाम पनि सार्वजनिक गरेको छ । भर्खरै सम्पन्न पीएम कपमा खेलाडीहरूले गरेको प्रदर्शनको आधारमा टोलीहरूको चयन गरिएको बताइएको छ ।

नेपाल रातो टोलीको कप्तानमा अनिलकुमार साह र निलोको कप्तानी युवा खेलाडी देव खनालले गर्नेछन् ।

नेपाल रातो

अनिलकुमार साह (कप्तान), तृतराज दास, दीपक डुम्रे, विवेक मगर, इशान पाण्डे, शुभ कंशाकार, कुशल मल्ल, रसिद खान, शंकर राना, हेमन्त धामी, विशाल पटेल, प्रतिस जिसी, शेर मल्ल, युवराज खत्री, सागर ढकाल र अविशेष गौतम ।

नेपाल निलो

देव खनाल (कप्तान), मयन यादव, अर्जुन घर्ती, अर्जुन साउद, अरनिको यादव, सन्दीप जोरा, पवन सर्राफ, नारायण जोशी, सन्तोष यादव, रिजन ढकाल, आकाश चन्द, रुपेस सिंह, शाहब आलम, विपीन खत्री, प्रकाश जैशी र दिपेश कँडेल ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार