आजदेखि सुदूरपश्चिम प्रदेशका सबै सरकारी अस्पतालमा रगत निःशुल्क

Nagarik Sewa 4387+ समाचार ( )
२१ पौष २०८१, आइतबार

काठमाडौं। आइतबारदेखि सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने निर्णय लागू गरेको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सबै सरकारी अस्पतालमा निःशुल्क रगत सेवाको सुरुवात गर्नुभएको हो। मुख्यमन्त्री शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले सेती प्रादेशिक अस्पतालमा उपचारत निर्मल चौधरीका आफन्त रोशन चौधरीलाई निःशुल्क रगत हस्तान्तण गर्दै उक्त सेवाको सुरुवात गरिएको हो । 

सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा शाखा प्रमुख डा. चेतराज जोशीका अनुसार प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएको छ ।

‘रेडक्रसले निःशुल्क रगत उपलब्ध गराएबापत सुदूरपश्चिम सरकारले एक हजार एक सय ५० रुपैयाँ प्रति पिन्ट रक्त सञ्चार केन्द्रलाई दिने सम्झौतामा उल्लेख छ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार