मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

अमेरिकी नागरिक अपहरण गर्ने लामा पक्राउ

Nagarik Sewa 4881+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

पोखरा। फिरौती उठाउन अमेरिकी नागरिक अपहरण गर्ने नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामा पक्राउ परेकी छिन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबू ओलियाले जानकारी दिए। अमेरिकाकी ७० वर्षीया एक महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन्।

उनीसँग लामाको सामान्य चिनजान थियो । ती महिलाले नेपालमा रहँदा घुम्ने ठाउँहरूको बारेमा लामाले जानकारी राखिन्। सोही क्रममा पोखराको लेकसाइडस्थित एक होटलमा बसिरहेकी अमेरिकनलाई उनले घरमा लैजान्छु भनेर लगिन् ।

तर उनले घर नलगी लुकाएर फिरौती माग्न थालिन् । त्यस घटनाको बारेमा नेपालस्थित अमेरिकन दूतावासले कास्की प्रहरीमा खबर पठायो । कास्की प्रहरीले तुरुन्तै अनुसन्धान टोली खटाएर महिलाको सकुशल उद्धार गरेको हो ।

एसपी ओलियाका अनुसार लामाले ३ लाख युरो अर्थात् साढे ४ करोड फिरौती मागेकी थिइन् । घटनाबारे एम्बेसीले मङ्गलवार प्रहरीमा खबर गरेको थियो । ‘अमेरिकी नागरिकसँग सम्पर्क सामान्य रहेछ ।  नेपाल आएको बेला कहाँ कहाँ घुम्ने भन्ने अभिलेख राखेको र नेपाल आइसकेपछि घरमा लान्छु भनेर पोखराबाट लगेको तर घरमा नलगेको अनुसन्धानले देखायो,’ ओलियाले भने– ‘पोखराबाट चितवन हेटौँडा हुँदै पर्सातिर लगेको भेटियो । घटनाको प्रकृतिले उनलाई भारतसम्म लैजाने तयारी गरेको देखिन्छ ।’ लामालाई कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार