मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

तीन मुद्दामा एक हुँदै जेनजी

Nagarik Sewa 4875+ समाचार ( )
१५ अशोज २०८२, बुधवार

 काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सस्थागत गर्न र सङ्गठित भएर अघि बढ्न जेनजी समुहबीच सहमति हुने भएको छ ।

आन्दोलनपश्चात् एक हुन नसकेर विभिन्न समूहका नाममा छरिएका जेनजी समूह तीन मुद्दालाई लिएर एक हुने भएका हुन् ।

शहीद परिवार र घाइतेलाई उचित सम्बोधन गरिनुपर्ने, भ्रष्टाचारविरुद्ध अभियान जारी रहने र आगामी निर्वाचन सफल बनाउन सरकारलाई सहयोग गर्ने मुद्दामा सबै जेनजी समूह एक हुने भएका हुन् ।

‘अहिले हामीबीच छलफल चलिरहेको छ। तत्कालका लागि समूह-विशेष मागहरू आफ्नो ठाउँमा राखेर तीन मुद्दामा मात्र केन्द्रित हुन खोजेका हौँ,’ एक जेनजी अगुवाले अनलाइनखबरसग भने, ‘बाँकी माग आआफ्नो ठाउँमा छ ।

तत्कालको लागि आन्दोलनलाई संस्थागत गर्न र हाम्रा आधारभूत मागमा सहमति गरेर सरकारलाई झक्झक्याउन हामी सबै एक हुनेगरी छलफल भइरहेको छ ।’ यसरी सहमति गर्नेमा इन्डिजिनियस जेनजी समूह, जेनजी मुभमेन्ट अलायन्स, हामी नेपालसहितको जेनजी समूहसहित जेनजी अगुवाहरू लगायत छन् ।

दशैं सकिएलगत्तै यसमा सहमति हुने र तत्कालको लागि तीन मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने तिनीहरूले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै