काठमाडौं। डिभिजन वन कार्यालय, काठमाडौंले धोबीखोलामा १५ दिन अघि सेतोपुलबाट सुरु गरेर सरसफाइ गरिरहेको छ ।
मनसुन लागेसँगै खोलामा पानीको बहाव बढ्ने र फोहरहरू अड्किन सक्ने भएकाले डिभिजन वन कार्यालयले सरसफाइको काम अघि बढाएको हो। सरसफाइ अन्तर्गत धोबीखोलामा उम्रिएका झार र बुट्यानहरू उखालेर सफाइ गर्न सुरु गरिएको कार्यालयले जनाएको छ ।