मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

पाकिस्तानले हवाई आक्रमण गर्दा अफगानिस्तानको अस्पतालमा ४०० जनाको मृत्यु

Nagarik Sewa 4875+ समाचार ( )
३ चैत्र २०८२, मङ्गलबार

अफगानिस्तान। सोमबार राति अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताहरूको उपचार गर्ने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४०० जनाको मृत्यु भएको अफगानिस्तानले दाबी गरेको छ। यद्यपि, पाकिस्तानले अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार गरेको छ। 

पूर्वी अफगानिस्तानमा समेत गरिएका आफ्ना आक्रमणहरूले कुनै पनि गैरसैनिक  क्षेत्रलाई लक्षित नगरेको पाकिस्तानको भनाइ छ। अफगानिस्तानका उपसरकारी प्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल एक्स मा एक पोस्ट गर्दै स्थानीय समयअनुसार राति करिब ९ बजे अस्पतालमा हवाई आक्रमण भएको जानकारी दिएका छन्। आक्रमणले २,००० शय्या क्षमताको उक्त अस्पतालको ठुलो भाग नष्ट गरेको छ। उनले हालसम्म मृत्यु हुनेको सङ्ख्या ४०० पुगेको र करिब २५० जना घाइते भएको बताएका छन्।

स्थानीय टेलिभिजन स्टेसनहरूले एक्समा पोस्ट गरेका भिडियो फुटेजहरूमा सुरक्षाकर्मीहरूले टर्चलाइटको सहायताले घाइतेहरूको उद्धार गरिरहेको र अग्नि नियन्त्रकहरू भत्किएको भवनको भग्नावशेषमा लागेको आगो निभाउन संघर्ष गरिरहेको देखिन्छ। फितरतका अनुसार उद्धार टोलीहरू आगो नियन्त्रण गर्न र शवहरू निकाल्न खटिएका छन्।

दुई छिमेकी देशबीच वर्षौंपछिको सबैभन्दा घातक लडाइँ तेस्रो हप्तामा प्रवेश गरेको छ। यो हवाई आक्रमण हुनुभन्दा केही घण्टा अघि मात्र साझा सीमा क्षेत्रमा दुवै पक्षबीच गोली हानाहान भएको थियो, जसमा अफगानिस्तानतर्फ चार जनाको ज्यान गएको अफगान अधिकारीहरूले बताएका थिए।

अफगान सरकारले यस आक्रमणको निन्दा गर्दै पाकिस्तानले ुआतंक मच्चाउन अस्पताल र नागरिक स्थलहरूलाई लक्षित गरेकोु आरोप लगाएका छन्। एजेन्सी 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै