७.७६ अंकले घट्यो नेप्से

Nagarik Sewa 4401+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजार १७.७६ अंकले घटेर २७४४.०९ विन्दुमा पुगेको छ। त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २।४० अंकले घटेर ४७३.९७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये सबै १३ वटैको सेयर मूल्य घटेको छ । आज सेयर बजारमा २२१ कम्पनीको सेयर मूल्य घटेको छ भने २९ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।  १

परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब १० करोड माथिको कारोबार भएको बजारमा आज भने ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक कारोबार हुँदा उक्त रकमको कारोबार भएको हो । 

आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै