काठमाडौं। आइतबार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको छ। सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ ।
अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजार रुपैयाँ पुगेको छ।
चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको थियो ।