मुख्य समाचार
भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान |

एनपीएलको दोस्रो संस्करण आजदेखि शुरु हुँदै

Nagarik Sewa 4873+ समाचार ( )
२ मंगशिर २०८२, सोमबार

काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करण आजदेखि शुरु हुँदैछ। नेपाली क्रिकेटकै इतिहासमा पहिलोपटक घरेलू मैदानमा हुने खेलहरु फ्लड लाइटमा हुनेछ भने दर्शकको लागि १० हजार क्षमताको प्याराफिटपनि बनाइएको छ । आइतबार बेलुकी एक कार्यक्रमका बीच सरकारले राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई स्टेडियम हस्तान्तरण गरेको थियो ।

साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछन्। यो भिडन्त सोमबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ।एनपीएल दोस्रो संस्करणका सबै खेलहरु त्रिवि मैदानमा हुनेछन् । लिगका ९ खेल दिउँसो र २३ खेल डे नाइटमा हुने क्यानले जनाएको छ । मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, ३ वटा प्लेअप र फाइनलसहित ३२ खेल हुनेछन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ रु एक हजार ५०० राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ । प्लेअफपछिका खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियरतर्फ रु दुई हजार राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार