रुखमा झुन्डिएको अवस्थामा युवायुवती मृत फेला

Nagarik Sewa 4387+ समाचार ( )
९ मंगशिर २०८२, सोमबार

काठमाडौं। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेविहार जङ्गलको रुखमा झुन्डिएको अवस्थामा युवायुवती मृत फेला परेका छन्। उनीहरूको पहिचान भने खुल्न सकेको छैन। मृतक युवकको उमेर करिब २०–२१ वर्ष र युवतीको उमेर १९–२० वर्षको अनुमान गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार आज बिहान करिब ११ः २० बजेतिर जङ्गलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी सहायक निरीक्षक कृष्ण बोहोराको कमान्डमा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा पुगेको छ।

घटनास्थल इलाका प्रहरी बिट लाटिकोइलीबाट करिब २ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट करिब ५ किलोमिटर दक्षिण–पूर्वमा पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै