मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

सूर्यदर्शन सहकारीको १ अर्ब ५१ करोड बिगो कायम गरेर मुद्दा दर्ता

Nagarik Sewa 4874+ समाचार ( )
७ पौष २०८१, आइतबार

पोखरा। आइतबार कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो कायम गरेर मुद्दा दायर गरेको छ। 

सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले मूल अभियोग पत्रमा अभियोजन गरिएका प्रतिवादीहरू १९ जना तथा  पूरक अभियोजन पत्रमा उल्लेखित प्रतिवादीहरू छविलाल जोशी, लिला पछाई, रवि लामिछाने समेतका सम्पूर्ण प्रतिवादीहरू समेतबाट असुल उपर गर्ने गरी सो बराबरको बिगो कायम गरेर मुद्दा दर्ता गरिएको जानकारी दिइन् । 

उनका अनुसार हिनामिना एवं अपचलन भएको बिगो मध्ये मूल अभियोग पत्रमा खुलाइएको १०३५ जना बचत कर्ताहरूको जम्मा बिगो एक अरब एघार करोड चौतिस लाख त्रिचालिस हजार पैँतालिस रुपैयाँ सत्र पैसा रहेको छ । 

यस्तै थप अभियोग दाबीमा उल्लिखित जम्मा १२१ जना खुलाइएका बचतकर्ताहरूको हुने थप बिगो रकम तीन करोड तेत्तिस लाख पन्चानब्बे हजार तीन सय उनन्चास रुपैयाँ  सत्र पैसा सत्र रहेको छ । यस आधारमा बचनकर्ताको कुल बिगो एक अर्ब चौध करोड असठ्ठी लाख अठतिस लाख तीन सय चौरानब्बे हजार चौतिस पैसा कायम हुने अभियोग पत्रमा उल्लेख छ । 

जसअनुसार सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को देहाय (घ) बमोजिम पीडित जाहेरवालाहरूलाई दिलाई भराई बाँकी बिगो सूर्यदर्शन बचत तथा ऋण सहरकारी संस्था लिमिटेडमा भराइदिन अभियोग पत्रमा माग गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार