प्रधानमन्त्री ओलीको घाँटीमा समस्या

Nagarik Sewa 4387+ समाचार ( )
९ माघ २०८१, बुधवार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ। चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्वास्थ्यमा सामान्य समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारको पूर्व निर्धारित कार्यक्रमहरू रद्द गर्नुभएको हो। 

सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४ औं सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ । बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ । एमाले अध्यक्ष समेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी हुनुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार