मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

दैलेखमा १२ वर्षीया बालिका बलात्कृत

Nagarik Sewa 4875+ समाचार ( )
२६ श्रावण २०८२, आइतबार

सुर्खेत। दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। तिजको नाच हेरेर फर्किँदै गर्दा गाउँकै दुई युवाले लखेटी–लखेटी करणी गरेको घटना सार्वजनिक भएपछि प्रहरीले चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

उनीहरूले छिमेक गाउँकी १२ वर्षीया बालिकालाई पालैपालो बलात्ककार गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालले जानकारी दिए । उनका अनुसार साउन २२ गते राति उनीहरू सँगै तीजको नाच हेरिरहेका थिए । नाच हेरेर एकै उमेरका ४र५ जना किशोरीको समूह घर फर्किँदै थियो । त्यही समयमा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेका थिए । पिछा गरेको थाहा पाएपछि किशोरीहरू भागे । त्यहीमध्येकी एक किशोरी भाग्ने क्रममा लडेपछि गोविन्द र खगेन्द्रले उनलाई पालैपालो बलात्कार गरेको दैलेख प्रहरीले जनाएको छ ।

उनीहरूले ती बालिकालाई ढुंगामेत प्रहार गरेका थिए । ढुंगाले हातमा चोट लागेका कारण बालिका धेरै भाग्न नसकेको प्रहरीले जनाएको छ । त्यहाँबाट भाग्न सफल अन्य किशोरीहरुले तत्कालै घरमा घटनाबारे जानकारी दिएपछि अभिभावकहरू घटनास्थल पुगेका थिए । बालिकाका आफन्तहरू आएको थाहा पाएपछि गोविन्द र खगेन्द्र त्यहाँबाट भागेका थिए ।

पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा ती युवाहरूलाई पक्राउ गरिएको डिएसपी बरालले जानकारी दिए ।

बालिकालाई घटनालगतै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । उनको दाहिने हात मर्केको छ भने गुप्तांगमा घाउ रहेको चिकित्सकहरुले जनाएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दैलेख प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै