सुर्खेतमा श्रीमानद्वारा श्रीमतीको हत्या

Nagarik Sewa 4392+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

काठमाडौं। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाका ४२ वर्षीय दानसिंह ठाडाले श्रीमतीको आइतबार बिहान १ बजे चिर्पटले हानेर विभत्स हत्या गरेका छन् । दानसिंले श्रीमती रबिना थापा सुतेका बेला खाट बनाउन तयार पारिएको काठको चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेलगत्तै उनले वडाध्यक्ष दीपक कोइरालालाई फोन गरेर प्रहरीको नम्बर मागेर प्रहरीलाई श्रीमती हत्या गरेको जानकारी दिँदै आफूलाई पक्राउ गर्न बोलाएका थिए । प्रहरीलाई भनेका थिए, ‘सर मैंले मेरो श्रीमती मारिसकेँ, मलाई पक्राउ गर्न आउनुस् ।’ त्यस क्रममा उनले प्रहरीलाई घरको लोकेशनसमेत बताएका थिए । अस्थायी पोष्ट करेखोलाबाट प्रहरी दानसिंलाई पक्राउ गर्न २ बजेतिर घटनास्थल पुगेको थियो । उनी नेपाली सेनाबाट अवकाश प्राप्त हुन् । उनीहरुका एक छोरा र तीन छोरी छन् । छोरा वैदेशिक रोजगारीका लागि दुबईमा छन् भने जेठी छोरी जापान र अन्य दुई विवाहित छोरी सुर्खेत र दैलेखमा छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले प्रारम्भिक सोधपुछका आधारमा श्रीमान श्रीमतीबीच आपसी आशंका रहेको र मदिरा सेवन गरी दानसिंले हत्या गरेको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार