मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष कैद: २ करोड बढी जरिवाना

Nagarik Sewa 4875+ समाचार ( )
१६ असार २०८२, सोमबार

काठमाडौं ।  भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय फैसला गरेको छ। सोमबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई प्रमुख जस्तो ओहोदामा बहाल रही उक्त कसूर गरेको देखिन आएकोले थप तीन महिना समेत कैद सजाय हुने ठहर गरेको फैसला गरेको हो।

‘मोहन बहादुर बस्नेत तथा राजु प्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम जनही ८ (आठ) वर्ष कैद सजाय हुने ठहर्छ,’ विशेष अदालतको आदेशमा भनिएको छ,  ‘सोको अतिरिक्त नगरपालिकाको प्रमुख जस्तो ओहोदामा बहाल रही उक्त कसूर गरेको देखिन आए‌कोले ऐ. ऐनको दफा २४ बमोजिम ३ (तीन) महिना थप कैद सजाय समेत हुने ठहर्छ।’

प्रतिवादी मोहन बहादुर बस्नेत र घुस दिने पद्मा कोलोनी प्रा.लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र सो कम्पनीको अध्यक्ष/संचालक राजु प्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जनही २ करोड ३० लाख ६१ हजार ५ सय आठ रुपैयाँ आठ पैसा जरिवाना हुने समेत फैसला गरेको छ।

चारै जना प्रतिवादीहरूबाट सोही बिगो बराबरको रकम जफत हुने समेत उल्लेख छ। सम्पत्ति शुद्धीकरणतर्फ प्रतिवादी बस्नेतले बिगो १३ करोड १२ लाख ७३ हजार ३२ रूपैयाँको सम्पत्ति शुद्धीकरणको कसूर गरेको देखिँदा उनलाई  सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम ३ (तीन) वर्ष कैद सजाय हुने, बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ जरिवाना हुने र सम्पत्ति/जग्गा समेत जफत हुने अदालतले ठहर गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गत पुस १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।  अख्तियारले उनीविरूद्ध सम्पत्ति शुद्धीकरण र घुस लेनदेन मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै