काठमाडौं। काठमाडौं महानगरपालिका–९ पिंगलास्थानमा आइतबार १ पुरुष मृत भेटिएका छन्। अन्दाजी ३० वर्षका पुरुष आज मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।
मृत भेटिएका पुरुषको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ ।