एमालेले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

Nagarik Sewa 4387+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

काठमाडौं। नेकपा एमालेले बुधबार मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेको आज बसेको बैठकपछि उक्त निर्णय सार्वजनिक गर्दैमुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँने र अब सहकार्य सम्भव नरहेको जनाएको हो ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको आरोप एमालेले लगाएको छ । एमालेका एक नेताले भने– ‘मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले सुशासन र विकासका पक्षमा काम गर्न असफल भयो, त्यसैले हामीले समर्थन फिर्ता लिएका हौँ ।’

एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । एमालेको समर्थन गुमेपछि विपक्षी दलहरूलाई सत्ता समीकरण फेरबदल गर्ने अवसर मिलेको छ । यसअघि नै नेपाली कांग्रेसले पनि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । योसँगै मधेस प्रदेशमा सत्ता परिवर्तनको चर्चा तीव्र बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार