काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। मंगलबार तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ९०० रुपैयाँले बढेर २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ।
सोमबार भने यो मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँ थियो।यसैगरी, चाँदीको मूल्य पनि बढेर मंगलबार तोलाको ३ हजार २०० रुपैयाँबाट बुधबार ३ हजार २२० रुपैयाँ पुगेको छ।