दरबार हत्याकाण्डमा मारिनेहरूको स्मरणमा दीप प्रज्वलन गरिने

Nagarik Sewa 4387+ समाचार ( )
२० जेठ २०८२, सोमबार

काठमाडौं। राजतन्त्रको पक्षमा आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले २४ वर्षअघि भएको दरबार हत्याकाण्डमा मारिनेहरूको स्मरणमा आज साँझ ६ बजे राजधानीको कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने भएको छ । सोमबार समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागिएको जानकारी दिएका हुन् । 

विज्ञप्तिमा शोकका दिन कुनै पनि जुलुस र धर्ना जस्ता कार्यक्रमहरू नराखिएको समेत जनाइएको छ। संयोजक सुवेदीले दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन आन्दोलनकारी तथा सर्वसाधारण जनसमुदायलाई हार्दिक अनुरोध समेत गरेका छन् । २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहसहित १० जनाको हत्या भएको थियो ।  



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार