सरकारी वकिलको साटो अख्तियारका अधिवक्ता उतारेर विवादमा नेपालको थुनछेक बहस

Nagarik Sewa 4387+ समाचार ( )
११ आश्विन २०८२, बुधवार

काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्धको थुनछेक बहसमा सरकारी वकिलले बहस गर्ने स्पष्ट उल्लेख अभियोगपत्रमै भए पनि विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट निजी अधिवक्ता उपस्थित भएपछि प्रश्न उठेको छ। नेपालका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले विशेष अदालतमा अख्तियारको प्रतिनिधित्वमा वरिष्ठ अधिवक्ता सुशील पन्तको उपस्थिति ‘अप्रत्याशित’ भएको बताए।

'सरकारी वकिलले बहस गर्छन् भनेर स्पष्ट उल्लेख भएको मुद्दामा स्वतन्त्र कानुन व्यवसायीले प्रतिनिधित्व गर्नु आपत्तिजनक हो,' थापाले अदालतमा भने। 'यदि पहिले नै अन्य कानुन व्यवसायीमार्फत बहस हुन्छ भनेर उल्लेख भएको भए त्यो अर्को कुरा हुन्थ्यो।'

थापाले कानुनी प्रक्रिया लम्ब्याउने उद्देश्यले यस्तो गरिएको हुन सक्ने आशंका व्यक्त गर्दै मुद्दाको पारदर्शितामा समेत प्रश्न उठाएका छन्। विशेष अदालतमा भइरहेको बहसमा अब अदालतको जवाफ र व्याख्याले यो मुद्दाको कानुनी अनुशासन तथा प्रक्रिया कति पारदर्शी र विधिसम्मत छ भन्ने विषय उजागर गर्नेछ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार