बीपी कोइराला क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्दै

Nagarik Sewa 4387+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

काठमाडौं। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा चीन सरकारको सहयोगमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माण गर्न लागिएको छ।  अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि अलग्गै युनिट बनाउन लागिएको हो । 

भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिम दिने काम चीन सरकारले व्यवस्थापन गर्नेछ । यसका लागि चिनियाँ विशेषज्ञसहितको चिकित्सक टोलीले अस्पतालमा अनुगमन र अध्ययन थालेको छ । अस्पतालमा वातावरणीय मूल्यांकनको काम भइरहेको क्यान्सर अस्पतालले जनाएको छ । संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिम दिन चीन सरकारले व्यवस्थापन गर्ने अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए ।

‘हामीले वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन बुझाएपछि चीन सरकारले काम थालनी गर्नेछ । अबको एक महिनाभित्र हामीले प्रतिवेदन बुझाउनेछौं,’ डा। करिब ९ करोडको लागतमा चार कट्ठामा भवन बनाउन लागिएको हो । चिनियाँ टोलीले अबको एक साता अस्पतालको विभिन्न विभागको अनुगमन गर्नेछ । बोनम्यारो प्रत्यारोपणसँग सम्बन्धित आईसीयू, प्याथोलोजी, रेडियोलोजी, मेडिकल अंकोलोजीलगायतको सेवाको अवस्थाबारे अनुमगन गरेपछि त्यसको स्तरोन्नतिको आवश्यकताबारे सुझाव दिनेछन् । 

सुरुवातमा चार शय्याबाट सेवा सुरु गरिनेछ । एउटा बिरामी २१ देखी २८ दिनसम्म अस्पतालमै राख्नुपर्छ । नेपालबाट उपचारका लागि महँगो शुल्क तिरेर भारत जानुपर्ने बाध्यता छ । नेपालमा बोनम्यारो प्रत्यारोपण गर्ने बिरामी वार्षिक ५० को हाराहारीमा छन् । अस्पतालका मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण शाहले प्रत्यारोपण केन्द्र बनेपछि बिरामीलाई भारत जाने बाध्यता हट्ने बताए ।

बोनम्यारो ट्रान्सप्लान्ट वार्ड परिजोजनाका लागि काम तीव्र पारिने चिनियाँ विशेषज्ञ टोलीका प्रमुख डा. चाओ गुइमिनले बताए । चीन–नेपाल मेडिकल सहयोगको एक विजर्डिसिपको रूपमा यस परियोजना २०२२ मा प्रस्ताव गरिएको हो । २०८१ वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियू झाओ हुईले यससम्बन्धी सम्झौतामा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार