काठमाडौं। नेकपा माओवादी केन्द्रको सहायक संगठन मानिने योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि दिउँसो १२ः ३० बजे प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ । जेठ १९ सम्म चल्ने सम्मेलनबाट भावी नेतृत्व चयन हुनेछ ।
‘उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन १ सुशासन, समाजिक न्याय, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन ११’ भन्ने नाराका साथ हुने सम्मेलनको उद्घाटनमा पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् ।
नेतृत्वका लागि उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवबाट माधव बस्नेत, डम्बर पुलामी, गणेश शाही ‘विद्रोही’ लगायत आकांक्षी रहेका छन्। महासचिवभन्दा माथिका लगभग सबै ४० वर्षे उमेरहदका कारण पदाधिकारीबाट बाहिरिँदैछन् । आगामी सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि बनिसकेको छ ।