त्रिभुवन विमानस्थल र पोखरा विमानस्थानका प्रमुखको जिम्मेवारी हेरफेर

Nagarik Sewa 4387+ समाचार ( )
१२ आश्विन २०८२, बिहीबार

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखको जिम्मेवारी हेरफेर भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको बुधबार बसेको बैठकले यस्तो हेरफेर गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।  

निर्णय अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला पोखरा विमानस्थलको महाप्रबन्धकको रूपमा सरुवा भएका छन् । उनको स्थानमा यसअघि प्राधिकरणका प्रवक्ता समेत रहेका हंसराज पाण्डेलाई जिम्मेवारी दिइएको छ। पोखरा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्राधिकरण केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार