त्रिशूली नदीमा मोटरसाइकल खस्दा चालक बेपत्ता

Nagarik Sewa 4387+ समाचार ( )
२ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं। इच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलबाट शुक्रबार बिहान बागमती प्रदेश ०६-०२प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्।

सशस्त्र प्रहरीका अनुसार बिहान ११ः४९ बजे मोटरसाइकल खसेपछि विपद् व्यवस्थापन तालिमा शिक्षालय कुरिनटारबाट ६ जनाको सशस्त्र प्रहरी गोताखोर टोली परिचालन गरिएको केन्द्रीय सह प्रवक्ता शैलेन्द्र थापाले बताए। चितवन प्रहरीका अनुसार चालकको भारतीय सेनामा कार्यरत ‘गोर्खा राइफल म्यान’ रहेका छन्।

भीरमा प्रहरीले पर्स फेला पारेको थियो। फेला परेको कागजात अनुसार लमजुङ घर भएका २७ वर्षीय रोहित राना हुन्। उनी नारायणगढबाट काठमाडौं मोटरसाइकलमा आउँदै थिए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार