मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

धनुषामा सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

Nagarik Sewa 4875+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

धनुषा । धनुषामा सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा सोमबार (फागुन ११) मोटरसाइकल दुर्घटना हुँदा ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो । 

  महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन् । प्रहरीका अनुसार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए । 

महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर चालक, टिपर तथा मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले आफ्नो नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार