नेपालमा विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली छनोट प्रतियोगिता सुरु

Nagarik Sewa 4387+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

काठमाडौं। विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा सुरु भएको छ । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र मालदिभ्स सहभागी छन् । 

नेपालबाट महिला टिममा वियंका राई, इभाना थापा, नबिता श्रेष्ठ, योङगी पौडेल छन् भने पुरुष टिममा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार, गनन्जय दाहाल छन् । 

राउन्ड रोबिन लिग प्रणालीमा खेलिने यो छनोटबाट पुरुष तथा महिला दुवै समूहका पहिलो हुने राष्ट्रले इङ्गल्यान्ड २०२६ सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपमा स्थान बनाउनेछ। आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख ४५ हजार लागत लाग्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै