काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको टिप्पणी गर्नुभएको छ । प्रचण्डले संसद आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको बताउनुभएको हो ।
सरकारले नियमित रुपमा सदन नबोलाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादीले विशेष अधिवेशन आह्वानको प्रयास गरिएको पनि उहाँले बताउनुभयो।
उहाँले वर्तमान सरकारले भ्रष्टाचार गर्ने कर्मचारीलाई बचाउन र राम्रो काम गरेका कर्मचारीलाई आक्रमण गरेको टिप्पणी गर्नुभयो। तत्काल सरकार परिवर्तन गर्नेगरी माओवादी केन्द्र सक्रिय भएर नलागेको प्रचण्डको भनाइ छ।