काठमाडौं। चर्चित गायिका मेलिना राईले ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी छिन्। इन्गेजमेन्टका तस्बिरहरु सार्वजनिक भएसँगै उनका फ्यान र कलाकारले बधाई दिइरहेका छन्। उनीहरुको बिहे काठमाडौं गोकर्णेश्वरको एक रिसोर्टमा भोलि (शुक्रबार) हुँदै छ ।
मेलिनाका थुप्रै गीत चर्चित छन्। उनले रैँया चाँदीको, कम्मरमाथि पटुकी, पटुकीमाथि घैला, शीरैमा शीरबन्दी, तिमीले बाटो फेर्यौ अरे, कुटुमा कुटु सुपारी दाना, जेल पनि सहुँला लगायतका हिट गीत गाइसकेकी छिन्।