मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

अध्यक्ष नेपालद्वारा जेन्जी आन्दोलनमा ध्वस्त पारिएका विभिन्न संरचनाको अनुगमन

Nagarik Sewa 4875+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले हालै तीव्र बनेको ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा भएका क्षति–नोक्सानीको स्थलगत अवलोकन गर्नुभएको छ । आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधिबाट प्रभावित विभिन्न स्थानको उहाँले प्रत्यक्ष निरीक्षण गर्नुभएको हो ।

अध्यक्ष नेपालले अवलोकन गर्नुभएका स्थानहरूमध्ये आफ्नै निवास समेत रहेको छ, जुन अागजनीमा परेर ठूलो क्षति भएको बताइएको छ । त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवास, एमाले महासचिव शंकर पोखरेलको घर, नेता प्रेम आले, अग्नि खरेल, जीवनराम श्रेष्ठ, राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरूको घरमा भएको क्षतिको पनि उहाँले अवलोकन गर्नुभएको छ ।

यसबाहेक, एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तथा सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय कान्तिपुर टेलिभिजन भवनसमेत आन्दोलनका क्रममा आक्रमणमा परेको हुँदा त्यहाँको अवस्था बुझ्न अध्यक्ष नेपाल पुग्ननुभएकाे  थियाे ।

स्थलगत अवलोकनपछि अध्यक्ष नेपालले आन्दोलनले सामाजिक, राजनीतिक र भौतिक संरचनामा गम्भीर नोक्सानी पुर्‍याएको भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभयो । उहाँले शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक मोड दिने प्रवृत्ति अस्वीकार्य भएको भन्दै सबै पक्षलाई संयमित रहन आह्वान गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले जेनजी आन्दोलनलाई सामाजिक न्याय, परिवर्तन र अधिकार सुनिश्चितताको आवाजका रूपमा बुझ्न आवश्यक भए पनि तोडफोड र हिंसाबाट त्यसको उद्देश्य कमजोर हुने चेतावनी दिनुभयो । उहाँले राज्य र नागरिकबीच विश्वासको पुल निर्माण गर्दै सहमति, संवाद र जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि पनि जेनजी आन्दोलनले राजधानीसहित देशका विभिन्न भागमा ठूला भौतिक क्षति पुर्‍याउँदै आएको छ । आन्दोलनकारी र सुरक्षा निकायबीच भएको भिडन्तमा मानविय क्षतिको जोखिम बढेको भन्दै सरोकारवालाले दुवै पक्षलाई संयमित हुन आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार