मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

एकीकृत समाजवादीको बढ्ँदो आकर्षण: कपिलवस्तुमा एमाले परित्याग गरि २ हजार बढी कार्यकर्ता समाजवादीमा समाहित

Nagarik Sewa 4874+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

काठमाडौँ। विभिन्न राजनीतिक दल परित्याग गर्दै दुई हजार बढी नेताकार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

शनिबार कपिलवस्तुमा आयोजित ११औँ जिल्ला अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वसांसद रामलौटन चौधरी, मायादेवी गाउँपालिकाका पूर्वउपाध्यक्ष गीता तिवारी लगायत विभिन्न तहका नेताकार्यकर्ताले एकीकृत समाजवादी रोजेका हुन्।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले उनीहरूलाई पार्टीमा स्वागत गर्दै, “सत्तामा बसेर जनताको पक्षमा काम गर्न नसक्नेहरूबाट दिक्क भएर कमरेडहरू समाजवादी आन्दोलनमा सामेल हुनुभएको हो। हामी सधैं जनताको अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा खडा हुनेछौँ,” भन्नुभयो।

नवप्रवेशी नेताकार्यकर्ताहरूले वर्तमान सत्ताधारी दलहरू जनताको भावनासँग विमुख भएको आरोप लगाउँदै एकीकृत समाजवादी रोजेको बताएका छन्। पूर्वसांसद रामलौटन चौधरीले भने, “हामी जनताको पक्षमा काम गर्न चाहन्थ्यौं, तर जहाँ थियौं, त्यहाँ त्यसको सम्भावना देखिएन। त्यसैले हामी जनतासँग जोडिएको समाजवादी यात्रामा सहभागी हुने निर्णय गरेका हौँ।”

प्रवेश गर्ने नेताकार्यकर्तामध्ये अधिकांश स्थानीय तहदेखि जिल्ला तहसम्मका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका अनुभवी व्यक्ति रहेका छन्। हाल एकीकृत समाजवादीले संगठन विस्तारलाई तीव्र बनाउँदै विभिन्न क्षेत्रका नेताकार्यकर्तालाई आफ्नो पक्षमा ल्याउने अभियान जारी राखेको छ।

कार्यक्रम पार्टी केन्द्रीय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष गीता अञ्जानको अध्यक्षता एवं अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी, पार्टी सचिव सोम प्रसाद पाण्डे, पोलिटब्युरो सदस्य अब्दुल खाँन, केन्द्रीय कमिटी सदस्य तथा अनेमसंघ लुम्बिनी अध्यक्ष लक्ष्मी भुसाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै