मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

लोकतन्त्रको ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन: प्रचण्ड

Nagarik Sewa 4866+ समाचार ( )
६ कार्तिक २०८२, बुधवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई निरन्तर सुधार र ‘सर्भिसिङ’ नगरी अहिलेको जटिल राजनीतिक अवस्थाको समाधान सम्भव नभएको बताएका छन् ।

नेपाल संवत् ११४६ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रलाई पुनः एकताबद्ध गर्दै अग्रगामी बाटोतर्फ अघि बढ्ने ऐतिहासिक मोडमा देश पुगेको बताएका छन् ।

“आज हामी राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौं,” सन्देशमा प्रचण्डले भनेका छन्, “लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्र हामी अगाडि बढ्न सक्छौं । लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन ।”

उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको स्मरण गर्दै पछिल्लो सरकारले सो निर्णयलाई थप संस्थागत गर्दै वि.सं. २०८० देखि सरकारका सबै दस्तावेजमा नेपाल संवत् लेख्ने व्यवस्था गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार